जनआन्दोलन दिवस देशभर विविध कार्यक्रम गरी मनाईदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जनआन्दोलन दिवस देशभर विविध कार्यक्रम गरी मनाईदै

काठमाडौं, २४ चैत। मंगलबार जनआन्दोलन दिवस देशभर विविध कार्यक्रम गरी मनाईदैछ ।

३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ ।

०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक दलहरुले आन्दोलन गरेका थिए ।

यो आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले प्रजातन्त्र पुनर्बहाली गरेका थिए र ०४६ साल चैत २४ को आन्दोलनले राजनीतिक स्वतन्त्रता सँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो ।

तत्कालीन राजा वीरेन्द्रले मरिचमान सिंह नेतृत्वको सरकार विघटन गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । चन्द नेतृत्वको मन्त्रिमण्डल गठन गरिएपछि आन्दोलनले ठूलो रूप लियो ।

देशभर आन्दोलन जारी रहेपछि राजा वीरेन्द्रले आन्दोलनकारीलाई वार्तामा बोलाए । राधाकृष्ण मैनालीको प्रतिनिधिमण्डलको यही वार्ताबाट संविधानबाट दलविहीनको व्यवस्था हटाइएको थियो । त्यसैले चैत २४ गतेलाई राजनीतिक परिवर्तनका लागि एक महत्वपूर्ण तथा ऐतिहासिक दिन मानिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);