स्वर्गीय पूर्वराजा वीरेन्द्रको ७४ औं जन्मजयन्ती मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्वर्गीय पूर्वराजा वीरेन्द्रको ७४ औं जन्मजयन्ती मनाइयो

birendra shah

काठमाडौं, १४ पुस । स्वर्गीय राजा वीरेन्द्र शाहको ७४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाईएको छ । जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनि प्रति विशेष श्रद्धा गर्नेहरुले शनिबार ललितपुरको जाउलाखेलस्थित शालिकमा माल्यार्पण गरि राजा वीरेन्द्रको सम्झना गरेका छन् ।

पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डबाट राजा वीरेन्द्रको निधन भएको थियो । सो क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आज सम्म रहश्यमै रहेको छ ।

२०१७ सालमा महेन्द्रले स्थापना गरेको पञ्चायती शासन विरुद्ध आन्दोलन चर्किदै गएपछि वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराएका थिए । उनले कांग्रेस वाम आन्दोलन चर्किएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गर्दै आफुलाई संबैधानिक राजाको रुपमा सिमित राखेका थिए । उनलाई प्रजातान्त्रिक राजाको रुपमा पनि हेर्ने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);