पूर्वराजा वीरेन्द्रको १७ औं स्मृति दिवस, दरबार हत्याकाण्ड अझै रहस्यमय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

पूर्वराजा वीरेन्द्रको १७ औं स्मृति दिवस, दरबार हत्याकाण्ड अझै रहस्यमय

birendra

काठमाडौं, १९ जेठ । पूर्वराजा वीरेन्द्र शाहको आज १७ औं स्मृति दिवस । हत्याको घटना पुरानो हुँदै गएसँगै पूर्वराजा वीरेन्द्रको सम्झना गर्ने क्रम घट्दै गएको छ ।

स्मृति दिवसका दिन तस्विर र सालिकमा माल्र्यापण गरेर सम्झना गर्ने चलन रहेपनि ललितपुरको जावलाखेलमा राखिएको वीरेन्द्रको सालिक परिसर सुनसान रहेको छ । सालिकमा माल्यार्पण समेत नहुनुले राजसंस्था कायम रहुञ्जेल दरबारमा धाउने र रवाफ देखाउनेहरुले नै वीरेन्द्रलाई विर्सिंदै गएको देखिएको छ ।

२०५८ सालको जेठ १९ गते नारायणहिटी दरबारमा गोली प्रहार गरी वीरेन्द्रको वंश विनाश गरिएको थियो । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिसहित १० जनाको गोलीकाण्डमा ज्यान गएको थियो । वंश विनाशको १७ वर्ष वित्दा पनि दरबार गोलीकाण्डलाई अझै रहस्यमय मानिन्छ ।

त्यतिखेर युवराज दिपेन्द्रले परिवारका सबै सदस्यको गोली हानेर हत्या गरेको र अन्तिममा आफूलाई पनि गोली हानेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । तर, आमजनताले प्रतिवेदन पत्याउन सकेका छैनन् ।

वीरेन्द्रको वंश विनाशपछि भाइ ज्ञानेन्द्रले राजगद्दी सम्हालेकामा मुलुकमा गणतन्त्र स्थापना भएका कारण ज्ञानेन्द्र राजगद्दी त्यागी २०६५ सालमा दरबारबाट बाहिरिएका थिए ।