दरबार हत्याकाण्डको १६ वर्ष: एउटा इच्छा पूरा, अझै दुई बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

दरबार हत्याकाण्डको १६ वर्ष: एउटा इच्छा पूरा, अझै दुई बाँकी

darbar

काठमाडौं, १९ जेठ । दरबार हत्याकाण्ड भएको आज १६ वर्ष पूरा भएको छ। भनिन्छ– दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ। तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन।

दर्जनौंपटक सरकार परिवर्तन भयो तर सत्यतथ्य पत्ता लगाउने आँट कुनै सरकारले गरेन। नेपाली जनताले सधैं भन्ने गरेका छन्– ‘राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस्।’ त्यति मात्रै होइन नारायणहिटी संग्रहालय घुम्न आउने अधिकांश दर्शकले लेख्ने गरेका छन्– ‘दरबार हत्याकाण्डको छानविन होस्।’

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाण्डलगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्डस्थल त्रिभुवन संग्रहालय निर्माण सम्पन्न गरेको छ। बल्ल एउटा मात्र चाहना पूरा भएको छ। दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन हेर्ने।

अझै दुई वटा इच्छा पूरा हुन सकेको छैन। त्यो हो– श्रीपेच र हत्या गरिएका वीरेन्द्र परिवारको घर श्रीसदन हेर्ने। ‘संग्रहालय प्रशासनले दरबार हत्याकाण्ड भएको १६ वर्षपछि त्रिभुवन सदन निर्माण गरेको छ।’ –संग्रहालय प्रमुख रोहित ढुंगानाले बताए ।

त्रिभुवन सदनमा ऐश्वर्यको गोली हानी हत्या भएको थियो र विलियार्ड बैठकमा राजा वीरेन्द्र, निराजन, श्रुतिलगायत ८ जनाको हत्या भएको थियो। ‘संग्रहालयले त्रिभुवन सदनको विलियार्ड बैठकमा विलियार्ड राखिसकेको छ। अन्य सामग्री राख्ने अन्तिम तयारी गरेका छौं।’ –प्रमुख ढुंगानाले बताए।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);