बालबालिकामा मुटुरोगी सात गुणा बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बालबालिकामा मुटुरोगी सात गुणा बढी

jajarkot-child

जाजरकोट, १९ जेठ ।  जाजरकोटका धेरै बालबालिकामा मुटुसम्बन्धी समस्या रहेको तथ्य फेला परेको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जिल्लाका केही विद्यालयमा गरेको मुटुरोगसम्बन्धी स्क्रिनिङबाट यस्तो तथ्य फेला परेको हो।

काठमाडौंका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा सात गुणा बढी मुटुरोगको समस्या देखिएको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा आएको चिकित्सकको टोलीले जिल्लाका करिब ५ हजार बालबालिकाको मुटुको स्क्रिनिङ गरेको छ।

‘५ देखि १५ वर्ष उमेर समूहका स्कुले विद्यार्थी र अन्य बालबालिकामा गरिएको परीक्षणको अवस्था हेर्दा जाजरकोटमा धेरै बालबालिकामा मुटुरोगको समस्या देखियो’, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले भने, ‘काठमाडौंलगायत सहरमा परीक्षण गर्दा एक हजारमा एक जनामा समस्या देखिन्थ्यो तर जाजरकोटमा एक हजारमा सात जनामा समस्या देखियो।’ करिब ५ हजार बालबालिकामा गरिएको परीक्षणमा ३६ जना बालबालिकामा बाथ मुटुरोग ( मुटुको भल्भको समस्या ) को समस्या देखिएको छ। त्यसमध्ये दुई जनाको अप्रेसन नै गर्नुपर्ने भएको छ। उनीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइनेछ। अन्यले औषधि सेवन गरे ठीक हुने अवस्था छ।’

जन्मजात मुटुरोग हुने (मुटुमा प्वाल पर्ने) बालबालिकाको संख्या भने एक हजारमा तीन जना रहेको छ, यो भने सामान्य हो डा. रेग्मीले भने, ‘गरिबी, विपन्नता, अशिक्षा, पोषणको कमी, आहार, बिहारको सन्तुलन नमिल्नुलगायत कारण मुटुरोग देखा पर्ने गरेको छ। बालबालिकामा टनसिल अर्थात् घाँटीको समस्या देखा परेका बेला समयमा उपचार नगरे मुटुको भल्भमा समस्या देखिन्छ।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);