जाजरकोटमा दुई बालबालिकामा दादुरा संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

जाजरकोटमा दुई बालबालिकामा दादुरा संक्रमण

जाजरकोट । नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन् ।

भेरी नगरपालिका–१ का दुई बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिए । बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण पाइएपछि ८ साउनमा १८ बालबालिकाको नमूना परीक्षण गरिएको थियो ।

खोप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरा, क्षयरोग र पोलियोजस्ता रोगको संक्रमण देखिनसक्ने चेतावनी चिकित्सकले दिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाले अनुगमन पनि गरेको छ ।

गत वर्ष ललितपुर, सर्लाही, झापा र धादिङमा १ सय २५ जनामा दादुराको संक्रमण पाइएको थियो । त्यसअघि सन् २०१९ मा देशभर दादुराका बिरामीको संख्या ४ सय ३० रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);