शिक्षक रानाको परिवारले छैठौं दिनमा तोड्यो आमरण अनशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शिक्षक रानाको परिवारले छैठौं दिनमा तोड्यो आमरण अनशन

बैतडी । जिल्ला समन्वय समिति बैतडीमा गत आइतबारदेखी आमरण अनशन बसेको शिक्षक करन रानाको परिवारले शुक्रबार अनशन तोडेको छ ।

१४ महिनाको तलव नपाएपछि अनशन बसेका निम्न माद्यमिक तह राहत कोटाका शिक्षक रानाले माग पुरा गर्ने आश्वासन पाएपछि अनशन तोडेका हुन् । उनी श्रीमती र चार छोराछोरीसहित अनशन बसेका थिए ।

दशरथचन्द नगरपालिका वडा नम्बर–४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा कार्यरत रानाले जिल्ला शिक्षा समितिले तलव उपलब्ध गराउने भनेपछि अनशन तोडेको बताएका छन् ।

शिक्षक रानाले भने, ’आज जिल्ला शिक्षा समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुखलगायत सरोकारवालाहरू आउनुभयो । माग सम्बोधन गर्छौ, भन्नुभयो र मैले अनशन तोडेको छु । माग पुरा नभए फेरी अनशन बस्ने छु ।’ रानाले अहिले काजमा काम गरिरहेकै विद्यालयमा पदस्थापन गरिदिनसमेत माग गरेका छन् ।

राना २०७२ सालमा आफ्नो गाउँ शिवनाथ–६ कानलिबाट विस्थापीत भएका ब्यक्ति हुन् । एक युवतिको अन्तरजातीय विवाह गराएको झुटो आरोप लागेपछि राना परिवार गाउँबाट विस्थापित भएको थियो । गाउँ छोडेको केहि दिनमै उनको घरसमेत जलाइएको थियो । उनीले सो समयमा जागीरबाट समेत निकालिएका थिए ।

शिवनाथस्थित हिरापूर माविमा कार्यरत शिक्षक राना गाउँबाट विस्थापित भएपछि केहि जिल्ला सदरमुकाम नजिकै रहेको ईश्वर आधारभूत विद्यालयमा पदस्थापन गरिएको थियो । त्यहाँ काजमा काम गरिरहेका रानाले १४ महिनासम्मको तलव पाउन सकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);