नेपाल शिक्षक महासंघ पर्सा रिले अनशनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल शिक्षक महासंघ पर्सा रिले अनशनमा

नितेश कर्ण,
पर्सा । विभिन्न ३४ सूत्रीय माग राखी आन्दोलनरत शिक्षकहरुले शुक्रबार भौतिक उपस्थितिमा पर्साको पालिका शिक्षा विकास तथा समन्वय इकाई कार्यालयहरूमा रिले अनशन गरिरहेका छन् ।

कोरोनाको कारण समूहगत रुपमा नभई जुम मिटिङ हुँदै सरकारसँग आफ्ना माग प्रस्तुत गर्दा पनि अटेर गरेपछि बाध्य भएर फिल्डमा नै उत्रनु परेको शिक्षक नेपाल शिक्षक महासंघ पर्साले जनाएको छ ।

महासंघले आन्दोलनको चौथो चरणको अन्तिम दिन शुक्रबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म रिले अनशन गरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले बताए । ‘शुक्रबार ७ सय ५३ पालिका र ७७ शिक्षा विकास तथा समन्वय इकाई कार्यालय अगाडि रिले अनशनमा बसेका छौं’ उनले भने ।

ई–आन्दोलन हुँदै ओली नेतृत्वको सरकारको पालाबाट ३४ सूत्रीय माग राखी संघर्षरत शिक्षकहरू देउवा नेतृत्वको सरकारको पालामा भौतिक उपस्थितिमा नै रिले अनशन गरिरहेका हुन् ।

३४ सूत्रीय मागमध्ये शिक्षकलाई पनि खोप प्राप्त हुनुपर्ने एउटा माग सरकारबाट सम्बोधन भएको छ । बाँकी ३३ वटा माग भने सम्बोधन नभएपछि आन्दोलनलाई निरन्तरता दिनु परेको अध्यक्ष यादवले दाबी गरे ।

न्यूनतम तलबमा काम गर्ने ईसिडी र बीसिडीका कर्मचारीलाई प्राप्त हुने संघ सरकारको ८ हजार र स्थानीय सरकारको ७ हजार दुवै संघ सरकारबाट एकमुष्ट १५ हजार दिइयोस्, राहत शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्धा गराई स्थायी गरियोस्, स्थायी शिक्षकहरुलाई पनि बढुवाको व्यवस्था होस्, राष्ट्र सेवक अन्य कर्मचारीसरह शिक्षकहरुलाई पनि अस्पताल, पर्यटन र विदा खर्चको व्यवस्था होस्, संघीय शिक्षा ऐन यथाशीघ्र जारी होस्, शिक्षामा भएको अन्यौलताका चाँडो अन्त्य होस्, रिक्त रहेका शिक्षक दरबन्दीमा पदपुर्ति होस् जस्ता प्रत्यक्ष शिक्षासँग सम्बन्धित मागहरु समेटिए आफूहरु आन्दोलनमा होमिएको शिक्षक महासंघ नेपालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);