राष्ट्रकवि घिमिरे पूर्णरुपमा स्वस्थ, आज स्वदेश फर्किदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रकवि घिमिरे पूर्णरुपमा स्वस्थ, आज स्वदेश फर्किदै

madhav prasad ghimire

काठमाडौं, १९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पूर्णरुपमा स्वस्थ भएका छन् । ९९ बर्षिय राष्ट्रकवि घिमिरे भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा पूर्णरुपमा स्वस्थ भएका हुन् । स्वस्थ्य भएसँगै उनलाई आज स्वदेश ल्याईंदै छ ।

छोरी उषा अधिकारीले चिकित्सकको सल्लाहमा नै आज स्वदेश ल्याउन लागिएको बताइन । राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट रक्तस्राव आउने क्रम नरोकिएपछि उपचारका लागि जेठ ९ गते नयाँदिल्लीको मेदान्त अस्पताल लगिएको थियो । सरकारले राष्ट्रकवि घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने यसअघि नै घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);