राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार

madhav

काठमाडौं, २७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उनका छोरा इन्दिवर घिमिरेले जानकारी दिएका छन् ।

१९ जेठमा मेदान्तबाट उपचार गराएर फर्केका राष्ट्रकवि घिमिरेको पुनः सोही दिनदेखि नै सानो आन्द्राबाट रक्तस्राव हुन थालेपछि गत २१ जेठमा उपचारका लागि भारत लगिएको हो । घिमिरेको अहिले मेदान्तमा उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) मा राखेर चिकित्सक डा. रणवीर सुदको टोलीले उपचार गरिरहेको छ । छोरा इन्दिवरले छातीमा देखिएको निमोनियाको संक्रमण पनि ठीक भएको बताए ।

राष्ट्रकवि घिमिरे गत २८ वैशाखदेखि सानो आन्द्राबाट निरन्तर रक्तस्राव भएपछि अस्वस्थ भएका थिए । सुरुमा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराएका घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको हो । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);