प्रदेश नम्बर ७ को सरकारद्वारा कृषि र जडिबुटीलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रदेश नम्बर ७ को सरकारद्वारा कृषि र जडिबुटीलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक

pradesh 7

काठमाडौं, २७ जेठ । प्रदेश नम्बर ७ को सरकारले कृषि, जडिबुटी, जलस्रोत र पर्यटनलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश नम्बर ७ को सरकारले विकास र समृद्धिको ढोका खोल्न कृषि, जडिबुटी, जलस्रोत र पर्यटनलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभा भवन धनगढीमा शनिबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरे । ५८ बुँदे नीति कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार भन्ने नारा अगाडि सारिएको छ ।

नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी, सहकारी तथा सामुदायिक क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने उल्लेख छ । प्रदेश सरकारले योजना बैंकको रुपमा व्यवसायिक सहयोग केन्द्र स्थापना गर्ने तथा सञ्चालन नगरिएका वा स्रोतको अभाव भई सम्पन्न हुन नसकेका आयोजनामा प्राथमिकीकरण गरी आवश्यक स्रोत उपलब्ध गराउने बताएको छ ।

गरिवी निवारणका लागि कार्यक्रम सञ्चालन गर्ने, कुप्रथा हटाउन अभियान चलाउने र चेलीवेटी तथा बालबालिकाको बेचबिखन रोक्ने विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । स्वास्थ्य सेवामा विपन्नहरूको सहज पहुचका लागि एक गाउँ, एक स्वास्थ्य चौकी, एक स्थानीय तह एक अस्पतालको संरचनागत प्रबन्ध गर्ने घोषणा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);