राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लगियो

madhavprasad

काठमाडौं, १० जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लगिएको छ ।

एक सातादेखि अस्वस्थ्य रहेका राष्ट्रकवि घिमिरेलाई ग्राण्डी अस्पतालले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लगाउन नसकेपछि थप उपचारका लागि बुधबार नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको हो । ९९ बर्षीय घिमिरेसँग जेठा छोरा इन्दिबर र एक चिकित्सक पनि गएका छन् । घिमिरेलाई निरन्तर दुई दिन आन्तरिक रक्तस्राव भएर दिसामा रगत देखिएपछि १४ दिनअघि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा चिकित्सक विवेक शर्माले रक्तस्राव नरोकिएको र ठ्याक्कै कहाँबाट भएको हो भन्ने पत्ता लगाउन नसकेका कारण मेदान्त अस्पतालमा पठाइएको  बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);