राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वदेश फिर्ता

काठमाडौं, १९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वदेश फर्किएका छन् । ९९ बर्षिय राष्ट्रकवि घिमिरे भारतको मेदान्त अस्पतालमा उपचारका लागि गएका थिए । उनी अहिले पूर्णरुपमा स्वस्थ भएका छन् । स्वस्थ्य भएसँगै उनी आज स्वदेश आएका हुन् ।

छोरी उषा अधिकारीले चिकित्सकको सल्लाहमा नै बाबलाई स्वदेश ल्याइएको बताइन । राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट रक्तस्राव आउने क्रम नरोकिएपछि उपचारका लागि जेठ ९ गते नयाँदिल्लीको मेदान्त अस्पताल लगिएको थियो । अहिले रक्तश्राव रोकिएको छ । सरकारले राष्ट्रकवि घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने यसअघि नै घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);