राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि आज भारत लैजाने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि आज भारत लैजाने तयारी

madhab prasad ghimire

काठमाडौं, ९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि आज भारत लैजाने तयारी गरिएको छ ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको हो । उनकी छोरी उषा अधिकारीका अनुसार आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको हो । अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ घिमिरेलाई भारत लैजाने तयारी गरिएको अधिकारीले जानकारी दिए ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए । उनको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताए । विसं १९७६ असोज ७ गते जन्मिनुभएका घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाबारे सोमबार जानकारी लिँदै उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);