गोरेसँगको बयानले थप रहस्य... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गोरेसँगको बयानले थप रहस्य…

gore

काठमाडौं, १० जेठ । सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ । बयान लिने काम विहीबार पनि जारी रहनेछ ।

गोरेसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभुमिबारे बयान लिईएको अदालत स्रोतले जनाएको छ । ढिलोढिलो थोरै थोरै बोल्ने गोरेसँग पहिलो दिन ६ पृष्ठको बयान लिइएको छ ।

गोरेले सुन तस्करी र शाक्य हत्या विषयमा थप रहस्य खोल्ने संकेत देखाएको स्रोतको दाबी छ । पहिलो दिन बुधबार लिईएको बयानले घटनाका विषयमा थप रहस्य खोल्ने सम्भावना देखाएको छ, स्रोतले भन्यो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);