सुन तस्करीका मुख्य नाईके 'गोरे' सार्वजनिक (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सुन तस्करीका मुख्य नाईके ‘गोरे’ सार्वजनिक (भिडियो सहित)

sun kanda, gore pakrau

काठमाडौं, ८ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएको गिरोहका मुख्य नाइके चुडामणी उप्रेती पक्राउ परेका छन् ।
शनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’लाई आज प्रहरीले गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उप्रेतिलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइने भएको छ । उप्रेतिबाट सुन तस्करीका थप रहस्य खुलेको छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले जानकारी दिए । छानबिन समितिको म्याद पनि थप भएकाले उप्रेतिको बयान र थप अनुसन्धानबाट तस्करीका अरु रहस्य पनि खुल्दै जाने पौडेलको भनाइ छ ।

पौडेलले उप्रेतिलाई आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको जानकारी दिए । उप्रेतिको समुहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएको थियो । उप्रेतीले पछिल्लोपटक तस्करीको ३३ किलो सुन हराएपछि आफ्नै गिरोहका सदस्य सनम शाक्यको करेन्ट लगाएर हत्या गरेका थिए । प्रहरीले गत फागुन १९ गते मोरङको जंगलमा शाक्यको शव बरामद गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);