सुन तस्करीमा चिनियाँ नागरिकको सक्रियता बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सुन तस्करीमा चिनियाँ नागरिकको सक्रियता बढ्यो

काठमाडौं, ४ साउन ।  नेपाल हुँदै भारत पुर्याउने गरिएको सुन तस्करीमा चिनियाँ नागरिकको संलग्नता बढेर गएको छ । कुनैबेला केही ग्राम र केजी तस्करी हुने सुन अहिले क्विन्टलमा पुगेको छ । जसमा चिनियाँ नागरिकहरुको संलग्ना खुल्दै गएको छ ।

बुधवार राति एक क्विन्टल सुन ब्रेक सु मा लुकाएर ल्याइएकोमा बरामद भएपछि नेपालमा पछिल्लो समय ग्राम हुँदै केजी अनि क्विन्टलमा सुन तस्करी हुन थालेको खुलाशा भएको हो ।

हङकङबाट आएको सुन राजधानीको एक फमका नाममा आएको हो । सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके रहेको विश्वस्त स्रोतले बताएको छ । संगठित गिरोह बनाएर सुन तस्करी हुँदै आएको थियो । यसमा उच्च तहका नेता, कर्मचारी र प्रहरीसमेतको मिलेमतो पत्ता लागेको छ । घटना खुले ठूलै पहिरो जाने भएकाले अनुसन्धानलाई माथि सम्म पुग्न नदिने चलखेल चलिसकेको छ । यसअघि गत वर्षको पुसमा पत्ता लागेको भेपमा सुन लुकाएर ल्याउने गिरोहको नाइके पनि चिनियाँ नागरिक नै थिए । चिनियाँ नागरिक लुई वाङ दाओजिङले भन्सारका कर्मचारीसँगको मिलेमतोमा सुन तस्करी गर्दै आएका थिए । उनको सम्बन्ध शक्तिशाली नेताहरुसँग पनि रहेको खुलेको छ ।

सुन तस्करीका नाइके चिनियाँ नागरिक दाओजिङको कनेक्शन नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग रहेको खुलेपछि तरंग आएको छ । महराका छोरा राहुल महरा यो घटनामा जाँचबुझमा परेका छन् । उनलाई जोगाउन माओवादीको ठूलै शक्ति लागेको छ ।

बुधवार राति नेपालको राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै सर्वाधिक सुन बरामद गर्दा पनि चिनियाँ नागरिक गिरोहका नाइके भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, यसलाई लुकाउन र गिरोहका नाइकेलाई बचाउने खेलहरु भित्र भित्र भइसकेका छन् । यो घटनामा ठूलै नेता तानिने भएकाले शक्ति केन्द्र अनुसन्धानलाई माथि जान नदिने खेलमा छ ।

विभागले बिहिवार सुनको परिमाण यकिन गरेर जानकारी दिने जनाएपनि झण्डै १०० केजी रहेको अनुमान छ । हङकङबाट तस्करले सुन ल्याएको बताउँदै यसमा को को संलग्न छन् र सुन कस्ले मगाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ । तस्करका एजेन्ट पक्राउ परेका छन्, विस्तारै यथार्थ खुल्दै जान्छ, विभागका एक अधिकारीले भने । सुन ब्रेक सु मा लुकाएर ल्याइएको अधिकारीले बताए । सबै सुन निकालेर जोखेपनि परिणाम यकिन हुनेछ । यसअघि भेप मा सुन लुकाएर ल्याइएको प्रकरण तस्करहरुले सुन चोरेपछि खुलेको थियो । यो प्रकरणमा पाँच जना पक्राउ गरी कारागार चलान गरिएका छन् । सुन चीनबाट ल्याएर भारतीय व्यापारीलाई बेचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । नेपालमा पछिल्लो समय सुन तस्करीमा चिनियाँ नागरिकहरुको संलग्नता बढेको छ । उनीहरुले हङकङ र चीनका विभिन्न स्थानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतसम्म पु¥याउने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);