रक्तचन्दन तस्कर नै सुन तस्करीमा, भूकम्पपछि तातोपानी छोडेर केरुङतर्फ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

काठमाडौँ, २३ भदौ । विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ। काठमाडौंमा गत सोमबार बराबद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सत्रिय देखिएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार चीनबाट सुन पठाउन र केरुङ नाकाबाट भन्सार छलेर काठमाडौंसम्म ल्याउन चिनियाँ नागरिक सक्रिय छन् । काठमाडौंमा भण्डारणमा समेत चिनियाँ नागरिककै संलग्न रहेको र काठमाडौंको बजारमा तस्करीको सुन फैलाउन र भारत पुर्‍याउन नेपाली नागरिक संलग्न रहेको प्रहरी स्रोतले जानकारी दियो।

२०६२/०६३ को आन्दोलनसँगै भारतमा रहेको रक्तचन्दन चीनको तिब्बत पु-याउन नेपालको स्थलमार्गको प्रयोग बढेको थियो । चन्दन तस्करीमा भरिया फेला पारे पनि मूल नाइके जोगिएका थिए। २०६५ पछि चन्दन तस्करीमा संलग्न समूह नै तातोपानी नाका हुँदै नेपालमा सुन भित्र्याउन सक्रिय थिए । भूकम्पपछि खासा नाका बन्द भएसँगै चन्दन र सुन तस्करी केरुङतर्फ सरेका हुन्। आजको नागरिक दैनिकमा खबर छ।