राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको लैनचौर स्थित आफ्नै निवासमा निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ असोज ७ मा लमजुङको पुस्तुन गाउँमा भएको थियो ।

उहाँका नव मञ्जरी, गौरी शोककाव्य,मालती मंगले,गीतिनाटक, हिमालपारि हिमालवारि गीतिनाटक, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी गीतसंग्रह, चारु चर्चा निबन्ध, आफ्नो बाँसुरी आफ्नै गीत निबन्ध लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४मा ‘हिमालपारि हिमालवारि’ र २०५८मा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ मा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गर्नुभएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिनु हुन्छ । घिमिरेको अन्त्येष्टि भोलि गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);