राष्ट्रकवि घिमिरेकाे निधनप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रकवि घिमिरेकाे निधनप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त

काठमाडौं, ३ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रत्ति दुःख व्यक्त गर्नुभएको छ । बुधबार बिहान विज्ञप्ति जारी गरी पूर्वराजा ज्ञानेन्द्रले निरन्तर साधनारत उत्कृष्ट व्यक्तित्व घिमिरेको निधनले नेपाली वाङ्मय र साहित्य क्षेत्रमा अपूरणीय क्षति भएको जनाउनुभएको छ ।

देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काव्य कृति सदा पठनीय र मननीय भएको शाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शाहले घिमिरेको निधनले शोकमा रहेका परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);