Our Network

कार्तिक ३ २०७८, बुधवार

नेकपा एमाले नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता

काठमाडौं, ३ भदौ । निर्वाचन आयोगमा नेकपा एमाले नामको नयाँ दल दर्ता भएको छ । बुधबार नेकपा एमाले नामको नयाँ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।.

दल दर्ताका सबै प्रक्रिया पूरा गरेकाले नेकपा एमाले नामको दल बुधबार दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेको महा सचिवमा मनिषकुमार उपाध्याय रहेको र चुनाव चिन्ह उदाउँदो सुर्य रहेको छ ।

दल दर्ताका सबै प्रक्रिया पूरा गरेकाले आयोगको बैठकले दर्ता गर्ने निर्णय गरेको हो । नयाँ दर्ता भएको पार्टीको विधानमा पूरा नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी, लेनिनवादी रहेको र छोटकरीमा ’नेकपा एमाले रहेको आयोगले जनाएको छ ।

गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । नेकपा एमाले दर्ताको निवेदन आयोगमा परेसँगै सत्तारुढ नेकपाभित्र विवाद चर्किएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि दल दर्ता गराउन लगाएको नेकपाका अको अध्यक्ष पुष्पकमल दाहाले समेत आरोप लगाउनु भएको थियो ।

Leave a Reply