कोरोनाको कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न पूर्वराजाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोनाको कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न पूर्वराजाको आग्रह

काठमाडौं, १० असार । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गर्नु भएको छ । बुधबार सन्देश जारी गर्दै उहाँले कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

सन्देशमा शाहले अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भ्रष्टाचार, लापरवाही, पक्षपात जस्ता विषय पनि आइरहेको भन्दै ती विषयलाई लिएर युवाहरु, देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा उत्रिनु सोचनीय भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा शाहले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने पनि सन्देशमा बताउनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);