भोजपुरमा बस दुर्घटना, एकको मृत्यु, ८ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

भोजपुरमा बस दुर्घटना, एकको मृत्यु, ८ घाइते

accident

 

भोजपुर, १४ पुस । भोजपुर नगरपालिका–६ देउरालीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

भोजपुर बसपार्कबाट धरानको लागि आज बिहान ११ बजे छुटेको को १ ख ३०५९ नं को बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिँदा भोजपुरको अरुण गाउँपालिका–३ प्याउली बस्ने ५० वर्षीय हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

बसमा सवार १८ जना यात्रुमध्ये आठजना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल भोजपुर सिद्धकाली हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);