देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै

विक्रम सम्वत २००७ सालको फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औं प्रजातन्त्र दिवस मनाइँदैछ । 

prajatantra diwas

काठमाडौं, ७ फागुन । विक्रम सम्वत २००७ सालको फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले काठमाडौंको टुँडिखेलमा औपचारिक कार्यक्रम गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ ।

सरकारले गर्ने प्रजातन्त्र दिवसको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्ति उपस्थित हुने परम्परा छ । दिवसका उपलक्ष्यमा आज सार्वजनिक बिदा दिइएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले १९९७ सालमा माघमा बलिदान दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);