ठेक्का सम्झौता भएको ९ वर्ष भइसक्दा पनि निर्माण हुन सकेन पाल्पा र स्याङजा जोडिने पुल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ठेक्का सम्झौता भएको ९ वर्ष भइसक्दा पनि निर्माण हुन सकेन पाल्पा र स्याङजा जोडिने पुल

प्रकाश नेपाल
पाल्पा, २४ चैत। पाल्पाको रामपुर नगरपालिका र स्याङजाको चापाकोट नगरपालिका दामाचौर जोड्ने पुल निर्माण नहुँदा स्थानीयको दैनिकिमा प्रभाव परेको छ ।

२०६८ साल असार २५ गते सम्झौता गरी २०७१ साल असार २५ गते निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता सकिएको पनि ७ वर्ष भैसकेको छ । कुल २१ करोड २९ लाख ५४ हजार रुपैयाको लागतमा ठेक्का सम्झौता भएको पुलको लम्बाई १ सय ८० मिटर छ ।

पुलको डिजाइन प्राविधिक कारणले परिवर्तन हुँदा समयमा काम सुरु हुन नसकेकोे निर्माणको जिम्मा पाएको एल लाईट जेभी कम्पनीले जनाएको छ ।

रामपुर नगरका मात्र नभई जिल्लाको पूर्वी क्षेत्रका र दक्षिणी जिल्लाका जनतालाई सहज रुपमा कास्की, स्याङजा, तनँहु सम्म सहज रुपमा आवतजावत गर्ने उद्देश्यले पुल निर्माणको सुरुवात गरिएको हो ।

पुलको जग खन्ने क्रममा ढुंगा भेटिएका कारण डिजाइन परिवर्तन गर्नु परेको सडक डिभिजन कार्यालयका इन्जिनियर राम पियारी चौधरीले बताए ।

प्राविधिक रुपमा सही तरिकाले नाप, जाँच, र स्टीमेट गर्ने तथा अनुगमनमा कडाई गर्ने हो भने विकास निर्माण कार्य समयमै सम्पन्न गर्न सकिन्थ्यो । निर्माण सुरु भएको ९ वर्ष बितिसक्दा पनि डिजाइन परिवर्तन गर्नुपर्ने बहानामा अल्झिरहनाले यहाँका स्थानीय लगायत यात्रुहरुलाई मर्का पर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);