सनराईज बैंकले ८१ करोड ५२ लाख भन्दा बढिको बोनस सेयर वितरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सनराईज बैंकले ८१ करोड ५२ लाख भन्दा बढिको बोनस सेयर वितरण गर्ने

काठमाडौं, १५ कात्तिक । सनराईज बैंकले ८१ करोड ५२ लाख भन्दा बढिको बोनस सेयर वितरण गर्ने भएको छ । सनराईज बैंकको शुक्रबार काठमाडौंमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको लाभांशबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संचालक समितिका अध्यक्ष मोतीलाल दुगड रहेको सो बैंकको चुक्ता पूँजी ८ अर्व भन्दा बढि रहेको छ ।

२०६४ साल आश्विन २५ गते स्थापना भएको सो बैंकको हालसम्म १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर, १४३ वटा एटिएम सेवा संचालनमा रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);