ज्योति विकास बैंकले आफना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ज्योति विकास बैंकले आफना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने

jyoti

काठमाडौं,१ माघ । ज्योति विकास बैंकले आफना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । आईतबार राजधानीमा भएको साधारण सभामार्फत राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड रूपैयाँ चुक्तापूँजी पुग्ने गरी बैंकले गतबर्षको कमाईबाट लाभांस घोषणा गरेको हो । साधारण सभामा बैंकले चुक्तापूँजी बढाउने र अन्य वित्तीय संस्थासँग मर्जर र प्राप्ति गर्ने प्रस्तावमा छलफल भएको जनाएको छ ।

बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड छ । राप्तीभेरीलाई प्राप्ति गरेको ज्योति विकास बैंकले गत कात्तिक ८ गतेबाट एकिकृत कारोबार थालेको थियो । क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरेको बैंकको चुक्तापूँजी दुई अर्ब ३६ करोड पुगेकोे छ । दुई बैंकको बोनस वितरणपश्चात राप्तीभेरीलाई प्राप्ति गरेको ज्योति विकास बैंकको चुक्तापूँजी करिब २ अर्ब ६० करोड पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकले २६ करोड १८ लाख तथा राप्तीभेरीले एक करोड ४७ लाख रूपैयाँ खुद नाफा कमाएका थिए । पौष १५ गतेसम्म कायम सेयरधनीले बैंकले बोनस शेयर पाउने छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);