भूकम्पप्रतिरोधी आवास निर्माणका लागि १९ सयभन्दा बढी जनशक्ति तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भूकम्पप्रतिरोधी आवास निर्माणका लागि १९ सयभन्दा बढी जनशक्ति तयार

काठमाडौं,१ माघ । रसुवामा भूकम्पप्रतिरोधी आवास निर्माणका लागि १९ सयभन्दा बढी जनशक्ति तयार भएका छन् । ३३ महिनाअघि गएको भूकम्पले रसुवाका ९८ प्रतिशत घर पूर्ण क्षति भएपछि अहिले निर्माण हुने घर भूकम्पप्रतिरोधी बनाउन दक्ष जनशक्ति तयार पारिएको हो ।

पुनर्निर्माणसँगै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामार्फत सञ्चालित कार्यक्रमबाट रसुवाका एक हजार नौ सय ४२ जनाले तालिम लिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय रसुवाले दिएको जानकारीअनुसार जिल्लामा सञ्चालन गरिएको कालिगढ अर्थात् डकर्मी तालिममा १९ सय ४२ जना सहभागी भएका छन् ।

भूकम्पले भत्किएका घर एकैसाथ निर्माण गर्दा दक्ष जनशक्ति अभाव हुँदै गएपछि कार्यालयले तालिम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिए । कार्यालयका अनुसार जिल्लामा चार सय ३१ जनाले ५० दिने डकर्मी तालिम र १५ सय ११ जनाले सात दिने डकर्मी तालिम लिएका छन् ।

५० दिने डकर्मी तालिम लिनेमा गोसाइँकुण्ड गाउँपालिकामा १०, कालिका गाउँपालिकामा १ सय २४, नौकुण्ड गाउँपालिकामा ४०, आमा छोदिङ्मो गाउँपालिकामा १ सय १० र उत्तरगया गाउँपालिकामा १ सय ४७ जना छन् ।

त्यसैगरी, सात दिने तालिम लिनेमा गोसाइँकुण्डमा १ सय ३६, कालिकामा २ सय ५८, नौकुण्डमा २ सय ७२, आमा छोदिङ्मोमा २ सय २५ र उत्तरगयामा ६ सय २० जना सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);