जाजरकोटका भूकम्पपीडित चर्किएका घरमै फर्किन बाध्य | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

जाजरकोटका भूकम्पपीडित चर्किएका घरमै फर्किन बाध्य

jajarkot landslide1

काठमाडौं,१२ चैत्र । भूकम्प गएको झन्डै साढे चार महिना बितिसक्दा पनि जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनिएको रकम पाउन सकेका छैनन् ।

पहिलो किस्ता पाएका कतिपयले समेत दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । केहीले त आफूसँग पैसा नभएपछि कर्जा लिएरै पनि टहरा बनाएका छन् । अहिले दोस्रो किस्ताको रकम माग्दै वडा कार्यालय आउनेको लर्को छ, पैसा आएको छैन भन्दै फर्काउनुपरेकोकारण पहिलो किस्ताकै रकम नपाउँदा भूकम्पपीडितहरू भूकम्पले चर्किएका पुरानै घरमा फर्किन बाध्य छन् ।

समयमै अस्थायी आवास बनाउन नपाउँदा झन्डै ३० घरपरिवार जीर्ण घरमा फर्किएको आकलन गरिएको छ । आंशिक क्षति भएका घरपरिवार चिसोका कारण त्रिपाल र टहरोको कष्टकर बसाइ त्यागेर जोखिम मोलेरै भए पनि चर्किएकै घरमा फर्कनुपरेको पीडितहरुको गुनासो छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण कार्यविधि–२०८० अनुसार दोस्रो किस्ताको रकम निकासाका लागि लाभग्राहीले भत्किएका घर, अस्थायी आवासको फोटोसहितको विवरण स्थानीय तहमार्फत विपद् पोर्टलमा अपलोड गर्नुपर्ने प्रावधान बनाएको छ ।

तर स्थानीय तहहरूले विवरण प्रविष्ट नगर्दा समस्या भएको बताइएको छ । ४२ हजार ५ सय २४ लाभग्राही कायम भएकोमा ३० हजार ७ सय २६ अस्थायी आवास मात्र निर्माण भएका छन् । ९ हजार १ सय ४९ लाभग्राहीको विवरण मात्र वेब पोर्टलमा ‘इन्ट्री’ भएको छ । झन्डै १२ हजार लाभग्राहीले पहिलो किस्ताबापत पाउनुपर्ने रकम पनि स्थानीय तहको खातामा थन्किएको छ । अंशबन्डा, पारिवारिक विवाद, वडा कार्यालयको लापरबाही, वडा कार्यालयमा जनशक्ति अभाव हुँदा तथ्यांक संकलनमा ढिलाइलगायत कारण भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिन पनि समस्या भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);