भुकम्प पीडितको दोस्रो किस्ताको रकम लिनको लागी तिन महिनाको समय थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भुकम्प पीडितको दोस्रो किस्ताको रकम लिनको लागी तिन महिनाको समय थप

earthquak

काठमाडौं, २० चैत । पुन निर्माण प्राधिकरण निर्देशक समितिले नीजि आवास अनुदानका लागि तीन महिनाको समय थप गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको निर्देशक समितिले नीजि आवास निर्माणका लागि दिइने अनुदानको दोस्रो किस्ताको रकम उपलब्ध गराउने समय सीमा थप गरेको हो । समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म सबै भूकम्प पीडितलाई छानामुनि ल्याउनेगरि काम गर्न समितिलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले म्याद थपको निर्णय गरेको हो ।

यस अघि चैत्र मसान्त भित्र घर निर्माण सकेका भूकम्प पीडितलाई मात्रै अनुदान उपलब्ध गराउने निर्णय भएको थियो । बैठकले विपन्न, असाहाय र अपांगता भएका व्यक्तिकाो घर सरकारले नै निर्माण गरिदिने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);