कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

madan krishana wifi

काठमाडौँ, २० चैत । कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी पत्नी ६७ वर्षीया यशोदा श्रेष्ठको सोमबार राति पौने ११ बजे निधन भएको हो ।
८ वर्षदेखि क्यान्सरपीडित श्रेष्ठको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठको पशुपति आर्यघाटमा मंगलबार नै अन्तिम संस्कार गर्ने कार्यक्रम छ । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा जन्मिएकी श्रेष्ठको मदनकृष्णसँग ३५ वर्षअघि विवाह भएको थियो । श्रेष्ठ दम्पतीका एक छोरा, एक छोरी छन् । छोरा यमन पनि कलाकार हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);