Our Network

साउन १८ २०७८, सोमबार

होम आईसोलेनमा बस्दै आएको मदनकृष्ण अस्पताल भर्ना

काठमाडौं । कोरोना संक्रमित भई होम आईसोलेनमा बस्दै आएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

कलाकार श्रेष्ठको छातीमा सामान्य समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार उनी शुक्रबार अस्पताल भर्ना भएका हुन् । उनी हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराई रहेका छन् ।

कलाकार श्रेष्ठका साथै उनका परिवारका सदस्यहरु छोरा, छोरी र बुहारी समेत संक्रमित भई होम आईसोलेसनमा बस्दै आएका छन् ।

Leave a Reply