अछाममा पानी घट्ट लोप हुने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अछाममा पानी घट्ट लोप हुने अवस्थामा

panighatta

अछाम,२० चैत ।अछाममा पानी घट्ट लोप हुने अवस्थामा पुगेको छ । विद्युतीय मेसिनबाट मिलहरु संचालनमा आएपछि पानी घट्ट लोप हुने अवस्थामा पुगेको हो । चामल, गँहु मकैलगायत अन्नहरु पिस्नका लागि घट्टको प्रयोग गर्ने चलन थियो ।

तर स्थानिय उद्योगको रुपमा परिचित पानी घट्ट अहिले लोप हुने अवस्थामा पुग्दा मंगलसैन नगरपालिका वडा नम्बर ७ जनाली मा पानी घट्ट ब्यावसाय सञ्चालन गर्दै आएका कित्थे बिकले गुनासो गरे । बिकले सोही क्षेत्रमा घट्ट ब्यावसाय सञ्चालन गर्दै आएको करिब १५ बर्ष बितिसकेको छ । आफुले २५ किलो अन्न पिसानी गरे बापत चार माना अर्थात २ किलो पीठो लिने गरेको उनको भनाई छ ।

बर्षा याममा प्रशस्तै पानी हुने भएकाले १२० किलो सम्म पिठो पिसानी गर्न सक्ने र हिउदमा पानीको मात्रा घट्ने गरेकाले ३० देखि ४० किलो अन्न पिसानी हुन पनि धौ धौ हुने गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);