उदयपुरमा पुराना प्रविधिको संरक्षण गर्ने अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उदयपुरमा पुराना प्रविधिको संरक्षण गर्ने अभियान

udayepur pani ghatta

गोपाल पोखरेल
उदयपुर, ६ भदौ
। उदयपुरको चौदण्डीगढी नगरपालिका पुराना प्रविधिको संरक्षण गर्न लागिपरेको छ । लोप हुने अवस्थामा पुगेको पानी घट्टको संरक्षण्मा नगरपालिका लागेको हो ।

आधुनिकतासँगै पुराना प्रविधिको लोप भइरहेका बेला उदयपुरको चौदण्डीगढी नगरपालिका पुराना प्रविधिको संरक्षणमा जुटेको हो । नगरपालिकाले वडा नम्बर १ सिखरपुरमा कुटानी र पिसानीका लागि पानीघट्टा संचालनमा ल्याइएको छ । नगरपालिकाले बिजुलीको बिस्तार नभएको र पर्याप्त पानीको सुबिधा भएका क्षेत्रमा पानी घट्ट संचालनमा ल्याएको हो ।

पानी घट्ट पुरानो प्रविधि भएको र यसले ग्रामिण क्षेत्रका नागरिकलाई खाद्यान्न कुट्नका लागि सहज भएकाले संचालनमा ल्याइएको नगरपालिकाको भनाइ छ । गाँउमा खेर गइरहेको पानीबाट घट्ट संचालन गर्दा स्थानीयले राहत महशुस गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);