उदयपुरको बेल्टार बजारमा खानेपानीको समस्या समाधान | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

उदयपुरको बेल्टार बजारमा खानेपानीको समस्या समाधान

गोपाल पोखरेल
उदयपुर, १४ मंसिर । उदयपुरको दोस्रो ठूलो व्यापारीक केन्द्र चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा खानेपानीको समस्या लामो समयपछि समाधान भएको छ । स्थानीय द्धारखोलाबाट शोलार प्रविधि मार्फत खानेपानीको व्यवस्था मिलाइएपछि यहाँको बर्षौदेखिको समस्या समाधान भएको हो ।

द्धारखोलामा शोलार प्रविधि मार्फत खानेपानीको व्यवस्था मिलाइएपछि उदयपुरको चौदण्डीगढी नगरपालिका–७ का स्थानीयको ३० बर्षदेखिको खानेपानीको समस्या समाधान भएको छ । श्री पन्चमी खोला र द्धावार खोलाकोबीचमा जडान गरिएका ७५ वटा सोलारबाट १५ मेगावाट सौर्य उर्जा उत्पादन गरी खानेपानीको आपुर्ती सहज बनाएपछि स्थानीय हर्षित भएका छन् ।

विगतमा यस ठाउँमा त्रियुगा नदीबाट गोरु गाडामा बोकाएर ल्याएको पानी टिनको ३ रुपैयाँका दरले स्थानीयले किनेर पिउने गरेका थिए । यसरी दैनिक खानेपानीको हाहाकार भएपछि गरिएको प्रयास सफल भएको स्थानीय जनप्रतिनिधीहरु बताउँछन् ।

स्थानीयहरुले नगरपालिकाले बजेट छुट्याएर थप पानी ट्याङ्कीको व्यवस्थापन गर्न सके गाउँलेले अझै सुविधा पाउने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);