वीरगन्जमा एउटै नम्बर भएका दुईटा गाडी दोस्रो पटक फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

वीरगन्जमा एउटै नम्बर भएका दुईटा गाडी दोस्रो पटक फेला

अनुप तिवारी
बीरगन्ज, १४ मंसिर । बीरगन्ज स्थित नेपाल भारतको एकीकृत भन्सार जाँच चौकी (आईसिपी) भित्र एउटै नम्बर भएको दुइ वडा भारतीय मालवाहक गाढीहरु श्रृखलाबद्धरुपमा फेला परेको छ । गएको साता आसिपी परिसरमै जी जे २३ वाई ८८६१ नम्बर दुईटा भारतीय मालवाहक गाडी एकै दिन पक्राउ परेका छन् ।

बीरगन्ज नाकाबाट विगत ३ महिनामा एउटै नम्बर भएको दुईटा गाडी दोस्रो पटक फेला परेको हो । सशस्त्र प्रहरी बल आइसिपी सुरक्षा गस्ती टोलीले गाढीलाई आवश्यक कारबाहीका लागि भंसारमा बुझाईएको छ ।

सशस्त्रले नियंत्रणमा लिइएको एउटा गाडी आइसिपीमा प्रवेश गरी अन्लोड भईसकेको र अर्को औद्योगिक मेशिनरी जीतपुरसम्म पु-याएर पर्किरहँदा एकै दिन फेला परेका हुन् ।

यस्तै, असोजको पहिलो सातामा आइसिपीबाट डब्लु बी ३९ ए ०८९१ नम्बरको दुइवटा गाढी एकै दिन शसस्त्र प्रहरीले नियंत्रणमा लिइएको थियो । यो गाढीको विषयमा पनि अहिले भंसारमा मुद्धा चली रहेको छ ।

एउटै नम्बर भएको दुइवटा गाढी नियन्त्रणमा लिदा चालक फरार हुने र पछि भंसारको मुद्दा प्रकृयामा सवारी धनीले हक दाबी गर्ने गरेका छन् । एउटै नम्बर हुने गाढीको भने इन्जिन र चेसीस नम्बर फरक हुने गर्दछ ।

खुल्ला भंसार नाकामा राजश्व छलिका लागि एउटै नम्बरको दुइवटा गाढी संचालन हुने गरेको छ । बीरगन्ज भंसारमा डिजिटल इन्ट्री नहुँदा एउटा गाढी नम्बर उल्लेख गरि दोस्रो गाडीलाई पनि सजिलै भित्र्याइने गरिएको थियो ।

तर, ंआईसिपी संचालनमा आएपछि एउटै नम्बरको दुइ वटा गाढी प्रक्राउ गर्न सजिलो भएको हो । आसिपीमा २४ घण्टामा एउटा नमबरको एक पटक मात्र इन्ट्री हुने भएकोले यस्ता गाढी पक्राउ हुन थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);