काठमाडौंका ८० प्रतिशत शिक्षक हाजिर गर्दै, टाप ठोक्दै ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंका ८० प्रतिशत शिक्षक हाजिर गर्दै, टाप ठोक्दै !

teacher

काठमाडौं, १५ मंसिर । सरकारी कर्मचारीबीच बोलीचालीमा एउटा शब्द प्रचलित छ– हाटा । हाटा अर्थात् हाजिर गर्दै, टाप ठोक्दै । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

बोलीचालीमा मात्रै होइन, व्यवहारमा समेत कर्मचारीले हाटा गर्छन् । काठमाडौं महानगरमा त ८० प्रतिशत शिक्षक हाटा पाइएका छन् ।

महानगरको शिक्षा विभागले गरेको अनुगमनमा सामुदायिक विद्यालयका अधिकांश शिक्षक कक्षामै अनुपस्थित भेटिए । महानगरभित्रका केही सामुदायिक विद्यालयमा हाजिर गरे पनि विद्यार्थी नपढाएको भेटिएको हो । विभागले गरेको छड्के अनुगमनमा शिक्षकहरू विद्यालयमा हाजिर हुने प्रवृत्ति अत्यन्त न्यून रहेको, हाजिर भए पनि विद्यालयमा नभएको तथा विद्यालयमा हुँदा समेत पूरा समय कक्षामा नबसेको पाइयो ।

शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार अनुगमन गरिएका विद्यालयमध्ये केहीमा ८० प्रतिशतसम्म शिक्षक अनुपस्थित भेटिए । विभागले आधा दर्जनभन्दा बढी स्कुलमा अनुगमन गरेको थियो । ती विद्यालयमा २३ जना शिक्षक अनुपस्थित भेटिए । अनुगमन गरिएका विद्यालयको नाम भने खुलाइएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);