सामुदायिक विद्यालयको अवस्था दयनीय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सामुदायिक विद्यालयको अवस्था दयनीय

bara school

श्याम गुप्ता
बारा, ४ बैशाख । बाराका अधिकांश अधारभूत सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विद्यालयहरुले दुई सय भन्दा धेरै विद्यार्थी अध्यनरत रहेको हाजिरी रजिष्टरहरुमा देखाए पनि १०/१२ जना विद्यार्थी मात्र विद्यालय जाने गरेको पाइएको छ । अभिभावक शिक्षक तथा जनप्रतिनिधिहरुको लापरबाहीले विद्यालयहरुको अवस्था दयनीय बनेको हो ।

कलैयाका अधिकांश प्राथमिक विद्यालयको हाजिरी रजिष्टरमा २ सय भन्दा धेरै विद्यार्थी छन् । तर विद्ययलयमा १०/१२ जना मात्र विद्यार्थीले पढ्ने गरेको पाइएको हो । कलैया उपमहानगरपालिकाको मटिअर्वामा रहेको प्राथमिक विद्यालय, श्रीनेपाल राष्ट्रिय प्राथमिक विद्यालय,लोकतान्त्रिक प्राथमिक विद्यालय लगायतका विद्यालयमा १०/१२ जना विद्यार्थी पाइएको हो । विद्यालयमा ५/६ जना शिक्षको हाजिर भएपनि १ जना मात्र शिक्षक विद्यालयमा भेटिने गरेको छ । शिक्षकहरुको लापरबाहीले विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

उता शिक्षकहरुले भने शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक र स्थानीय निकाय र जिल्ला शिक्षा कार्यालयले चासो नदिएको गुनासो गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न चासो नदिएको अभिभावकहरुको गुनासो छ । उद्यपी गाउँपालिका नगरपालिकाले भने प्रत्येक वडालाई विद्यालयको अवस्था बारे अनुगमन गर्न निर्देशन दिएको छ ।

निर्वाचन पछि सामुदायिक विद्यालयहरुको अधिकार स्थानीय तहमा गएको भन्दै जिल्ला शिक्षा कार्यालय पन्छिएको छ । सरकारले शिक्षामा धेरै लागानी गरेको छ । तर बाराका अधिकांश सामुदायिक विद्यालयको लापरबाहीले सरकारले गरेको लगानी बालुवामा पानी हाले सरह भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);