काठमाडौँकै विद्यालयको यो हालत, विद्यार्थी भन्दा शिक्षक धेरै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँकै विद्यालयको यो हालत, विद्यार्थी भन्दा शिक्षक धेरै

काठमाडौं, १५ भदौ  । काठमाडौंको केन्द्रमा अवस्थित २०१४ सालमा स्थापना भएको श्री केश–चन्द्र विद्यालयमा जम्मा तीन जना विद्यार्थी छन् । सो विद्यालयमा शिक्षकरशिक्षिका संख्या भने चार रहेको छ। विद्यालयमा भर्नाको समयमा १२ जना पुगे पनि विद्यालय नियमित आउने विद्यार्थीको संख्या भने बढीमा तीन जना रहेको विद्यालयकी शिक्षिका विमला पौडेल बताउँछिन्।

 

गुठीको भवनमा रहेको विद्यालयमा विद्यार्थीका लागि चाहिने सामान्य पूर्वाधार शौचालयसमेत छैन । त्यस्तै, १९१० सालमा स्थापना भएको ऐतिहासिक महत्व बोकेको दरबार हाई स्कुलको अवस्था पनि नाजुक छ । दरबार हाई स्कुलमा हाल १ सय ४८ विद्यार्थी अध्ययनरत छन् । दरबार हाई स्कुलमा १९ शिक्षकको दरबन्दी रहेको छ।

 

राणाकालमा जंगबहादुर प्रधानमन्त्री भएको समयमा अंग्रेजी भाषा सिकाउने उद्देश्यले स्थापना भई वीर शमशेरले नयाँ शिक्षा प्रणाली लागू गरेर शिक्षा प्रणालीमा परिवर्तन ल्याएका थिए। शिक्षकहरूमा तालिमको व्यवस्थादेखि लिएर जेहेनदार विद्यार्थी लाई छात्रवृत्तिको व्यवस्था पनि गराएका थिए।

 

सिनामंगलमा अवस्थित बालपीठ प्राथमिक विद्यालयमा पनि विद्यार्थी छैनन् । ५७ वर्षअघि स्थापना भएको सो विद्यालयमा जम्मा सात विद्यार्थी छन् । २०१६ सालमा स्थापना भएको र कुनै समय २ सय ५० जनासम्म विद्यार्थीलाई पठनपाठन गराएको उक्त विद्यालय अहिले दयनीय अवस्थामा पुगेको छ। आजको राजधानी दैनिकले खबर छापेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);