शिक्षकको अभावमा विद्यार्थीको पढाई प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

शिक्षकको अभावमा विद्यार्थीको पढाई प्रभावित

सुनसरी, ११ फागुन । सुनसरीको इटहरी उपमहानगरपालिका १० खनारमा रहेको श्री मनमोहन आधारभुत बिद्यालयमा बिद्यार्थीको संख्या उल्लेखनीय छ । तर शिक्षकहरु नै नियमीत विद्यालय नआउँदा विद्यार्थीको पढाईमा समस्या भएको छ ।

२०५६ सालमा स्थापना भएको श्री मनमोहन आधारभुत विद्यालयमा ७ जना शिक्षकको दरबन्दी छ । तर विद्यालयमा २ जना शिक्षकमात्रै उपस्थित हुने गरेको पाइएको छ । बाल विकासदेखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालयमा विपन्न वर्गका विद्यार्थीको चाप भने उच्च रहेको छ । विद्यालयमा शिक्षक नियमित नआउनाले नियमित पढाइएमा अप्ठ्यारो भएको विद्यार्थीहरुको गुनासो छ ।

विद्यालयमा ७ जनाको दरबन्दी भएपनि ५ जनामात्र शिक्षक रहेको र एकैदिन सबैले बिदाको निवेदन दिएपनि कसैको स्विकृति नभएको प्रधानाध्यापक भिमबहादुर बस्नेतको भनाई छ ।

विद्यालयको सरकारी नियुक्ति ५ जना हो । बाँकी शिक्षक विद्यालयको आन्तरिक स्रोतबाट गरेको इटहरी उपमहानगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख फागुनी प्रसाद काफ्ले बताउँछन् । कोरोना भाईरसका कारण लामो समयसम्म बन्द भएका विद्यालय खुलेर पनि शिक्षकको उपस्थिती नहुँदा विद्यार्थी मारमा परेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);