ठोरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवा कार्यरत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ठोरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवा कार्यरत

बीरगञ्ज, ११ फागुन । पर्साको ठोरी गाउँपालिकामा छोरीको दरबन्दीमा बुवाले काम गरिरहेको पाइएको छ । ठोरी गाउँपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ चौकीमा कार्यरत कार्यालय सहयोगी सर्मिला रुम्बाको ठाउँमा उनका बुवा कृष्ण बहादुर रुम्बाले कार्यालय सहयोगीको रुपमा काम गरिरहेका पाइएको हाे ।

सर्मिला गाउँपालिकाको तर्फबाट करार सेवामा काम गरिरहेकी थिइन । उनी गएको महिना बिहे गरि चितवन गएपछि उनका बुवाले नै कार्यालय सहयोगीको रुपमा स्वास्थ चौकीमा काम गरिरहेको स्थानीयले बताएका छन् ।

सर्मिला तलब बुझ्न र करारको म्याद थप गर्नको लागि मात्र कार्यालय आउने गरेको स्थानीयले बताएका छन् । सर्मिला हिजो मात्र करारको म्याद थप गराइ पुन: आफ्नो ससुरा चितवन नै गएको स्थानीयले गुनासो गरेका छन् ।

तर ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण लाल श्रेष्ठले आफुलाइ सर्मिला कार्यालयमा उपस्थित नभएको बारे कुनै जानकारी नआएको र छोरीको नाममा बुवाले काम गर्न नपाउने भन्दै यस विषयमा तत्काल छानबिन गरिने र त्यसो भेटिए कानुन अनुसार कारवाही गरिने बताए ।

यता स्वास्थ संयोजक रमेश राज थिङ्ले सर्मिला बिहे गरेर गएको आफुलाइ जानकारी भएको तर कार्यालयमा उस्को बुवाले काम गरिरहेको बारे आफुलाइ जानकारी नभएको भन्दै आजै सत्य तथ्य बुझ्न अनुगमन समेत गर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);