सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ

pakrau

काठमाडौं, ४ बैशाख । झापाको बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिर्तामोड ५ का २१ बर्षीय सुरज चौधरी र बिर्तामोड ३ का राहुल भनिने राजेश साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । यसअघि सुन व्यवसायी मुखियाको हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

मुखियालाई व्यावसायिक रिसिबीका कारण हत्या गरिएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए । गत फागुन २० गते बेपत्ता भएका मुखियाको शव ९ दिनपछि इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाडाको सडकमा भेटिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);