सुवान शेखको हत्यामा संलग्न दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सुवान शेखको हत्यामा संलग्न दुई जना पक्राउ

suhan sekh pakrau

झापा, २४ माघ । झापा प्रहरीले बिर्तामोडमा भएको एकजनाको हत्यामा संलग्न २ जनालाई सार्वजनिक गरेको छ । बिर्तामोड–२ स्थित चारपानेमा हत्या गरी जलाएको अवस्थामा फेला परेका सुवान शेखको हत्यामा संलग्न दुई जनालाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो ।

भारतको अररिया घर भई १० वर्षदेखि चारपानेमा बस्दै आएका ४० वर्षीया शेखको हत्या बिर्तामोड २ कै २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवले गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु घटना भएको रातसँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवनका क्रममा सामान्य विवाद हुँदा हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

शेखको शव यही माघ २१ गते जलेर चिन्नै नसक्ने अवस्थामा फेला परेको थियो । करन र लक्ष्मणको साथबाट शेखको मोबाइल आगो लगाउँदा प्रयोग भएको लाइटर, मृतकले प्रयोग गरेको सीम कार्डलगायत फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);