ललिता निवास प्रकरणमा दोषीले उन्मुुक्ति पाउन हुन्न : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ललिता निवास प्रकरणमा दोषीले उन्मुुक्ति पाउन हुन्न : नेपाल

madhav kumar nepal

विराटनगर, २४ माघ । नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुुरा गर्नुहुँदै उहाँले उक्त प्रकरणमा अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो भएपनि उन्मुुक्ति दिन नहुुने बताउनुुभयो । कोहि निर्दोष मान्छे पर्न नहुने तर दोषी भए उम्कन पनि नहुने नेपालले बताउनुभयो।

नेता नेपालले सो घटनामा दोषी नरहेको दाबी गर्नुहुँदै आफु भ्रष्टाचार पनि नगर्ने र गर्नपनि नदिने मान्यताको मान्छे रहेको बताउनुभयो । उहाँले आफ्नो पालामा उक्त जग्गामा नयाँ मोहि बनाउने निर्णय नभएको प्रष्ट पार्नुुभयो ।

उहाँले भन्नुभयो ‘कुुनै बाटो वनाउने विषयमा निर्णय गरिन्छ यदि वाटो वनाउँदा भ्रष्टाचार भयो भने वाटो वनाउन निर्णय गर्ने प्रधानमन्त्रीलाई दोषि भन्न मिल्दैन’ ।

उहाँले ललिता निवास जग्गा प्रकारणमा कसैलाई पार्टीगत रुपमा मुुद्धा नलगाइएको दावी गर्नुभयो । एमसिसीका विषयमा नेपालले परियोजनामा रहेका प्रावधानहरु नेपालको हितमा छन् वा छैनन् भन्ने विषयमा गहन अध्यन गरेर चाँडो टुंगो लगाउनुपर्ने बताउनुभयो ।

एमसीसीको विषयमा अध्ययन गर्न कार्यदल बनेको बताउनुहुँदै उहाँले कार्यदलले निष्पक्ष रुपमा काम गरेर यो विषय चाँडै टुुंग्याउनुु पर्ने बताउनुभयो । नेता नेपालले सरकाले आफ्नो कामलाई तिव्रता दिएर समृद्ध नेपाल र सुुखि नेपालीको अभिभारालाई पुुरा गर्नुुपर्नेमा जोड दिनुुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);