विष्णु पौडेल भन्छन्, 'बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए सजाय भोग्न तयार छु' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

विष्णु पौडेल भन्छन्, ‘बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए सजाय भोग्न तयार छु’

पूर्व अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं, २३ बैशाख । नेकपाका महासचिव विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी ठहर भए जुनसुकै सजाय भोग्न तयार भएको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि धारणा राख्ने क्रममा महासचिव पौडेलले ललिता निवासको जग्गा प्रकरणबारे गम्भीर छानविन गर्न सरकारलाई आग्रह गर्दै त्यसक्रममा आफु दोषी ठहर भए सँजाय भोग्न तयार रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानविन होस्, सत्यतथ्य सार्वजनिक होस्, दोषीलाई कडा कानुनी कारबाही होस् भन्ने माग गर्छु । म आफू दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार छु ।”

ललिता निवास परिसरको जग्गा प्रकरणमा आफु लगायत पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई लगायत विभिन्न व्यक्तिहरुको नाम जोडिएका समाचारहरु प्रकाशित भईरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले गैह् कानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वका जग्गा फर्काउन सरकारले चालेको कदमको आफुले स्वागत गर्ने बताउनुभयो ।

यसअघि पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि ललिता निवास परिसरको जग्गा प्रकरणको सत्यतथ्य छानविन गर्न सरकारसंग माग गर्दै दोषी ठहर भए आफु सँजाय भोग्न तयार भएको अभिव्यक्ति दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);