वालुवाटार जग्गा प्रकरणमा दोषी भेटिए दण्डभोग्न तयार छु : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

वालुवाटार जग्गा प्रकरणमा दोषी भेटिए दण्डभोग्न तयार छु : बाबुराम भट्टराई

काठमाडौं, १६ बैशाख । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बालुवाटारको जग्गाबारे गम्भीरतापुर्वक छानविन गरि भ्रष्टाचारको जरो उखुल्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै उनले ललिता निवासको सार्वजनिक जग्गाका बारेमा गम्भीर ढंगले छानविन गर्न सरकारको ध्यानाकर्षण गराए । बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा विगत सरकारको नेतृत्व गरेका पुर्व प्रधानमन्त्रीहरुको पनि नाम जोडिएर आएको भन्दै उनले छानविनबाट दोषि देखिए आफु दण्ड भोग्न तयार रहेको बताए ।

डाक्टर भट्टराइले राजधानीको खुलामञ्च समेत अतिक्रमण गर्ने काम भएको भन्दै समयमै सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाउनतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);