सोचे अनुुरुपको विकास गर्न सकिएन : मन्त्री लम्साल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सोचे अनुुरुपको विकास गर्न सकिएन : मन्त्री लम्साल

पोखरा, १६ बैशाख । गण्डकी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकारले सोचे अनुुरुपको विकास गर्न नसकिएको बताएका छन्। गण्डकी प्रदेश मन्त्रालयले आयोजना गरेको समिक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उद्योग मन्त्री लम्सालले कर्मचारीहरुको असहयोगका कारण विकासमा साझेदारीका लागि समस्या परेको बताए ।

कार्यक्रममा मन्त्री लम्सालले विभिन्न बहानामा काम हुन नदिने परिपाटी अहिले पनि विद्यमान रहेको बताउँदै आफु अहिले मन्त्रालयको कामप्रति सन्तुष्ट नभएको बताए ।

उनले विकासका लागि ट्रयाक परिवर्तन आवश्यक भएपनि कर्मचारीतन्त्रले नयाँ ट्रयाक मन नपराएकोले समस्या आएको बताउ । पुरानै परिपाटीलाई निरन्तरताको लागि संघीयता नआएकाले कर्मचारीहरुलाई उनले उच्च मनोबलका साथै अप्ठेराहरुलाई सहजतातर्फ लैजाने खालका कामहरु गर्न अनुरोध गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);