प्रधानमन्त्री शक्ति केन्द्रीकृत गर्ने गलत अभ्यासमा लागेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री शक्ति केन्द्रीकृत गर्ने गलत अभ्यासमा लागेको देउवाको आरोप

sherbahadur deuba

काठमाडौं, १६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले कुहिरोमा हराएको कागको नियतीबाट बाहिर निस्केर सही मार्गमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै उनले संविधानको मार्गदर्शन र आफुले गरेको प्रतिवद्धता अनुसार काम गरेर देखाउन सरकारलाई सुझाव दिए । विकास निर्माण भन्दा पनि शक्ति केन्द्रीकृत गर्ने गलत अभ्यासमा प्रधानमन्त्री लागेको देउवाको आरोप छ ।

उनले संविधान विपरित संबैधानिक अंगका अधिकार केन्द्रीकृत गर्ने प्रधानमन्त्रीको प्रयास सरकारकै लागि पनि प्रत्युत्पादक हुने चेतावनी दिए । उनले संबैधानिक मुल्य मान्यता विपरित सबै अधिकार आफुमा केन्द्रीत गरेर मुलुकको विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरे । उनले भने “प्रधानमन्त्रीमा अधिकार केन्द्रीत गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण लगायतका कार्यालय प्रधानमन्त्री कार्यालयमा ल्याउने कार्य संघीयताको मर्म र भावना विपरित छ । राष्ट्रिय सुरक्षा परिषदलाई निर्णय प्रक्रियाबाट अलग पारेर सेना परिचालनको अधिकार सम्पूर्ण रुपमा प्रधानमन्त्रीमा केन्द्रीत गरेर, सबै खाले महत्वपूर्ण विकास निर्माणका कार्य स्थापित सरकारी निकायबाट खोसेर प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समितिको मातहतमा ल्याएर, अधिकार त हातमा आयो भन्ने लाग्ला । तर परिणाममा यो प्रत्युत्पादक हुनेछ ।”

नेता देउवाले बालुवाटारको सरकारीे जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न लागिरहेको आरोप लगाए । उनले गल्ती, कमिकमजोरी सुधार गरेर अघि बढ्ने संकल्प गर्नुको सट्टा संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक, गणतन्त्र र समावेशिताका संरचनालाई भत्काउने तर्फ सरकारको क्रियाकलाप केन्द्रीत भए त्यसको पार्टीले शसक्त प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले दिनानुदिन ठूल–ठूला भ्रष्टाचारका काण्ड सुनेर नागरिक निराश बनेको टिप्पणी गरे । उनले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको आरोप लगाए । अभूतपूर्व ऐतिहासिक अवसरका बावजुद सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको उनको टिप्पणी छ ।

विगतका सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको हुँ भनि झूठ प्रचार गर्न बाहेक सरकारले उल्लेखनीय काम गर्न नसकेको देउवाले आरोप लगाए । विदेशी अनुदानको स्थिति निराशाजनक, वैदेशीक व्यापारघाटा र मुल्यवृद्धिले सिंगो मुलुककै अर्थतन्त्र नराम्रोसंग प्रभावित भएको भन्दै उनले तामझाम र प्रचार गरेर भ्रम छर्ने बाहेक सरकारले कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न नसकेको टिप्पणी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);