प्रधानन्याधीश राणालाई न्यायलय छोडेर खुल्ला राजनीतिमा आउन महेश बस्नेतको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानन्याधीश राणालाई न्यायलय छोडेर खुल्ला राजनीतिमा आउन महेश बस्नेतको चुनौती

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका छन् ।

सर्वोच्चको फैसला विरुद्ध नेकपा एमालेको युवा संगठन राष्टिय युवा संघले सोमबार काठमाडौंको माइतीघर मण्डलामा गरेको विरोध सभामा बोल्दै उनले न्यायलयभित्र बसेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संबैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुल्ला राजनीतिका लागि मैदान आउन चुनौती दिएका हुन् ।

नेकपा एमालेले ह्वीप उंलघन गर्ने सांसदहरुलाई कारबाही गर्न पाँउदैन भनी आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायलयलाई अर्को राजनीतिक संस्था बनाएको आरोप बस्नेतले लगाए । उनले प्रधानन्यायाधीश आफू प्रधानमन्त्री बन्न्ने योजनाका साथ फैसला गरेको आरोप पनि लगाए ।

२०५२ साल देखि नै नेपालको राजनीतिक द्धन्द्धमा फसेको , सांसद किनबेच सुरु भएको भन्दै उनले अदालतको सोमबारको फैसलाले फेरि राजनीति द्धन्द्ध, विकृति विसंगतीमा फसाएको दाबी गरे । नेकपा एमालेका २३ जना सांसदको आडमा निरंकुश र वैदेशिक क्रिया प्रतिक्रियावादीहरुको षड्यन्त्रमा अदालतको फैसला आएको उनको तर्क छ ।

शेर बहादुर देउवासँग १ सय २१ भन्दा बढी भोट नभएको भन्दै १ सय ३६ भोट चाहिनेमा १ सय २१ भोट भएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सर्वोच्चले कार्यपालिका र व्यवस्थापिकाको , संवैधानिक निकायहरुको अधिकार उपयोग गर्न खोजेको आरोप पनि उनले लगाए ।

उनले निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको आरोप लगाए । संवैधानिक इजलाश गठन हुने बेला देखि नै आफूहरुलाई शंका लागेको भन्दै उनले अदालतको फैसला प्रधानन्यायाधाीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाको भएको जिकिर गरे ।

नेपालको कम्युनिष्ट आन्दोलनमाथि हमला हुने परिस्थिति श्रृजना भएको बस्नेतले बताए । उनले मैदानमा नेकपा एमाले हेभी वेट भएर बसेकाले अन्य दलहरु निर्वाचनमा जान डराएको र मुलुक निर्दलियतातिर जान खोजेको उल्लेख गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);