संसदीय समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको नाम अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

संसदीय समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको नाम अनुमोदन

Cholendra jabara

काठमाडौं, १७ पुस । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश जबराको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संसदीय विधि र प्रक्रिया पूरा गरी प्रधानन्यायाधीशमा प्रस्तावित जबराको नाम अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेका जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजैबाट अवकाश लिँदै छन् । बैठकमा जबराले समितिका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै सेवाग्राहीको न्याय पाउने अधिकार मर्न नदिने प्रतिवद्धता जनाएका छन् ।

उनले न्यायालयलाई समक्ष बनाउने, गौरवशाली न्यायालयको रुपमा विकास गर्ने गरी आफूले कार्ययोजना बनाएको उल्लेख गर्दै सोही अनुसार अघि बढ्ने समितिलाई जानकारी गराए ।

प्रस्तावित प्रधानन्यायाधीश जबराले न्यायमा सबैको पहँच पु-याउन लागि पर्ने पनि बताए । उनले न्यायालयमा सबैको पहुँच पु-याउन सरकार र संघीय संसदसँग आवश्यक परामर्श गरिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।

न्यायालयको आदेशप्रति गुनासा आउने गरेको स्विकार गर्दै जबराले त्यस्ता गुनासा आगामी दिनमा आउन नदिन आफू सचेत रहेको बताए । जबराविरुद्ध ९ वटा उजुरी समितिमा परेको थियो । ती सबै उजुरीलाई आफूले सहर्ष स्विकार गरेको उल्लेख गर्दै जबराले आगामी दिनमा त्यस्ता उजुरी खण्डन हुने गरी कामै गरेर देखाउने दृढता पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);